दफा ४३
तिर्जा व्यवस्था हटाउन सकिने
गुठीका महन्त, पूजारी, गुठियार र अन्य रकमीहरूले खान्गी वा तिर्जा व्यवस्थाबाट जिन्सी खाई आएकोमा त्यसको सट्टा संस्थानले निजहरूलाई पारिश्रमिकको व्यवस्था गर्न सक्नेछ ।